काठमाण्डु– प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको शुक्रबार बस्ने तय भएको बैठक स्थगित भएको छ । समिति सचिवालयले सूचना जारी गर्दै सभापति समीक्षा बाँस्कोटाको स्वास्थ्यमा समस्या देखिएकाले बैठक स्थगित गरिएको जनाएको छ । बैठकमा देशभरका विभिन्न कारागार र हिरासतमा रहेका थुनुवा तथा कैदीबन्दीको मानव अधिकारको अवस्थासम्बन्धी अध्ययन प्रतिवेदन प्रस्तुत गर्ने र त्यसमाथि छलफल गर्ने