काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई विधि र प्रक्रियासम्मत ढङ्गले अगाडि बढाउनुपर्ने बताएका छन् । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री पौडेलले पार्टीभित्र सिर्जना गरिएका अवरोध र अन्योललाई चिर्दै अघि बढ्न कार्यकर्ताहरूलाई आह्वान गरेका हुन् । महामन्त्री पौडेलले पार्टीमा हुने निर्णयहरू प्रक्रियागत र विधिसम्मत हुनुपर्ने बताए । विशेष