सार्वजनिक सडक विधेयकमा ट्रक व्यवसायीको आपत्ति, ५ लाख जरिवाना संशोधन गर्न माग

  • शुक्रबार​ २२ साउन २०८३ ०७:५७ AM
नेपाल ट्रक यातायात व्यवसायी महासंघले प्रतिनिधिसभामा प्रस्तुत ‘सार्वजनिक सडक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ का केही व्यवस्थाप्रति ध्यानाकर्षण गराउँदै जरिवानासम्बन्धी प्रावधान संशोधन गर्न सरकारसँग माग गरेको छ । महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले सार्वजनिक सडकमा सुशासन कायम गर्ने, सडक दुर्घटना न्यूनीकरण गर्ने तथा अधिक भार (ओभरलोड) नियन्त्रण गर्ने उद्देश्यले ल्याइएका व्यवस्थाप्रति महासंघ सकारात्मक रहेको बताए।