हिमपहिरोमा ज्यान गुमाएका पुरबहादुर गुरुङको अन्त्येष्टि (तस्विरहरु)

  • शुक्रबार​ २२ साउन २०८३ ०१:०१ PM
काठमाडौं : पाकिस्तानको ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को शवयात्रासहित अन्त्येष्टि गरिएको छ । गुरुङको काठमाडौंस्थित स्वयम्भूमा धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिएको हो । ब्रोड पिकमा गएको हिमपहिरोमा परी युक्त गुरुङ, निर्मल पुर्जालगायत ६ नेपाली पर्वतारोहीसहित १० जनाको ज्यान गएको थियो । ज्यान गुमाएकामध्ये गुरुङको शव विहीबार नेपाल ल्याइएको हो ।नेपाल पर्वतारोहण संघले गुरुङको शव बिहीबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइ