परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ: परराष्ट्रमन्त्री खनाल

  • शुक्रबार​ २२ साउन २०८३ ०६:५४ AM
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन् । ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः विकसित क्षेत्रीय व्यवस्थामा चीन–भारत–नेपाल त्रिपक्षीय सम्बन्ध’ शीर्षकमा ललितपुरमा आज आयोजित अन्तरराष्ट्रिय सम्मेलनमा उनले उक्त कुरा बताएका हुन् । उनले आर्थिक कूटनीतिको उद्देश्य नेपाली नागरिकको जीवनस्तरमा सुधार ल्याउनु तथा व्यापार, लगानी, रोजगारी, उद्यमशीलता, पर्यटन, प्रविधि,