काठमाण्डु– पाकिस्तानस्थित ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को शुक्रबार काठमाण्डुको स्वयम्भूमा राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको छ । बिहीबार पाकिस्तानबाट नेपाल ल्याइएको उनको पार्थिव शरीरमा अन्त्येष्टिअघि श्रद्धाञ्जली अर्पण गरिएको थियो । कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ, रास्वपा सांसद् एवं पूर्वउपसभामुख इन्दिरा रानामगर, नेपाल पर्वतारोहण संघका पदाधिकारी तथा आफन्तहरूको