काठमाण्डु– ब्रोइलर कुखुराको मासुको मूल्य फेरि बढेको छ ।राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले शुक्रबारदेखि लागू हुने गरी जिउँदो र तयारी दुवै कुखुराको नयाँ मूल्य निर्धारण गरेको हो । संघका अनुसार जिउँदो कुखुराको मूल्य प्रतिकिलो १० रुपैयाँले बढाएर २ सय ४० रुपैयाँ कायम गरिएको छ । यसअघि उक्त मूल्य २ सय ३० रुपैयाँ प्रतिकिलो थियो ।