२५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले पाए १० लाख बम्पर उपहार

  • शुक्रबार​ २२ साउन २०८३ १२:०१ PM
काठमाडौं : आन्तरिक राजश्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत पहिलो बम्पर नतिजा सार्वजनिक गरिएको छ। शिव कृष्ण जेनरल स्टोरमा २५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले १० लाख रुपैयाँको करदाता प्रोत्साहन उपहारको साउन महिनाको १५ दिनको बम्पर उपहार जितेका हुन्। शुक्रबार बिहान अर्थमन्त्रालयमा एक कार्यक्रमका बीच अर्थमन्त्री स्वर्णिम वाग्लेले विजेता घोषणा गरेका हुन्। विजेताले कञ्चनपुरको पुनर्वास नगरपालिकाको शिव कृष्ण जेनरल स्टोरमा सामान खरिद गरेको आन्तरिक राजश्व विभागले जनाएको छ।आन्तरि