प्रकाशचन्द्र परियार, सचेतक, रास्वपा जनप्रतिनिधिहरूको सर्वोच्च थलो प्रतिनिधिसभालाई कसरी अझ बढी मर्यादित, अनुशासित र नतिजामुखी बनाउने भन्ने विषयमा कार्य परामर्श समितिको बैठकमा गम्भीर मन्थन भएको छ। संसद्को गरिमा र यसका स्थापित मूल्य–मान्यतालाई अक्षुण्ण राख्दै जनताका सवाललाई प्रभावकारी रूपमा उठाउन बैठकले विभिन्न व्यावहारिक सुधारका कदमहरू अघि सारेको छ। विशेषगरी आगामी असोजको तेस्रो सातासम्म सरकारले संसद्लाई पर्याप्त बिजनेस उपलब्ध गराउने गरी संसद् सचिवालयले तयार पारेको नयाँ क्यालेन्डरमा