६४७ किलो गाँजासहित दुई जना पक्राउ

  • शुक्रबार​ २२ साउन २०८३ १२:०१ PM
धनकुटा : प्रहरीले धनकुटाबाट ठूलो परिमाणको लाूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले साँगुरीगढी गाउँपालिका–६ भेडेटार चोकबाट करिब ६४७ किलो अवैध लागूऔषध गाँजासहित दुई जनालाई बिहीबार पक्राउ गरेको हो ।पक्राउ पर्नेहरूमा मकवानपुर कैलाश गाउँपालिका–३ बस्ने २७ वर्षीय उमेश थिङ तामाङ र धनकुटा शहिदभूमि गाउँपालिका–१ बस्ने ३६ वर्षीय तुलाराम राई रहेका छन् । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले विराटनगरतर्फ जाँदै गरेको ना.३ ख ५०९५ नम्बरको ट्रकलाई जाँच गर्दा लुक