भारत : प्रहरीले चेन्नई शहरका विभिन्न स्थानमा राखिएका प्लास्टिकका बोराहरूबाट शरीरका टुक्राहरू फेला पार्न थालेपछि एउटा भयावह हत्याकाण्ड बाहिरियो । तमिलनाडुको राजधानी चेन्नईमा सुरु भएको यो खोजपछि ती सबै टुक्रा एउटै महिलाको भएको खुल्यो । तर अचम्मको कुरा के थियो भने महिलाको टाउको गायब भएकाले लामो समयसम्म उनको पहिचान हुन सकेन । आज पनि यो घटनाको ७ वर्षपछि उनको टाउकोको रहस्य समाधान भएको छैन ।यो कथा ३७ वर्षको उमेरमा ज्यान गुमाएकी तमिल अभिनेत्री सन्ध्याको हो । उनको टाउको अझै भेटिएको छैन । प्रहरीको विशेष ट