काठमाण्डु– काँग्रेस उपसभापति विश्वप्रकाश शर्मा गएको सोमबार राति सुटुक्क चीन उडे । काठमाण्डुबाट ग्वान्झाओ प्रस्थान गरेका शर्मा किन चीन गए भन्नेबारे शर्मा स्वयं र काँग्रेसले औपचारिक रुपमा केही खुलाएको छैन । शर्माले ५ दिन चीनमा बिताउने भनिएको छ । चीन उडेको ५ दिन बित्दासमेत शर्मा कुनै कार्यक्रममा सहभागी भएको समाचार वा सूचना आएको छैन ।