काठमाडौं । नेकपा एमालेका सांसद मोहम्मद इस्तियाक राईले राष्ट्रिय सेवा दलसम्बन्धी प्रस्तावित विधेयकको औचित्यमाथि प्रश्न उठाउँदै सेवा दललाई नेपाली सेनाको मातहत राख्ने व्यवस्थाको विरोध गरेका छन् । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा विधेयकमाथिको छलफलमा सहभागी हुँदै सांसद राईले नेपाली सेनाको वर्तमान भूमिका, आकार र आवश्यकताबारे समेत पुनरावलोकन गर्नुपर्ने धारणा राखे । सरकारले