वीरगञ्ज । आईसीपीबाट जाँचपास भई नेपाल प्रवेश गरेको ट्यांकरबाट अनधिकृत रूपमा पेट्रोलियम पदार्थ निकालेर बिक्री-वितरण गर्ने कार्यमा संलग्न सात जनालाई ट्यांकरसहित प्रहरीले पक्राउ गरेको छ । पर्साको वीरगञ्ज महानगरपालिका–१४ बाइपास सडकखण्डस्थित सौदागर आयल सेन्टरबाट पेट्रोल पम्प सञ्चालकसहित सात जनालाई ट्यांकरसहित पक्राउ गरिएको हो । बिहीबार साँझ करिब ५:१० बजे ना.७ ख १५३९ नम्बरको पेट्रोलियम पदार्थ बोकेको ट्यांकरमा लगाइएको सिल फलामको पाइपको हुक प्रयोग गरी उचालेर तेल निकालिरहेको अवस्थामा उनीहरू फेला परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–३ मालपोत चोकका ५५ वर्षीय सुनैन मियाँ, वीरगञ्ज–१५ लक्ष्मणवाका २३ वर्षीय असलम हवारी र वीरगञ्ज–११ ... The post ट्यांकरबाट पेट्रोलियम पदार्थ चोरी गरी बिक्री गर्ने कार्यमा संलग्न ७ जना पक्राउ appeared first on Kalika Khabar.