काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज देशका मुख्य नदीहरूमा पानीको बहाव सामान्य रहेको जनाएको छ। महाशाखाले बिहान ८ बजे जारी गरेको बुलेटिन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली र महाकाली नदीमा पानीको सतह सतर्कता तहभन्दा तलै छ। त्यसैगरी कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्तीसहित मुख्य नदीका सहायक नदीहरूमा पनि बहाव सामान्य अवस्थामै रहेको छ। मुख्य नदीहरूमा ठुलो बाढीको जोखिम नदेखिए पनि पहाडी तथा उपत्यकाका साना नदीहरूमा भने आकस्मिक बाढी आउन सक्ने महाशाखाले जनाएको छ। आज संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, रसुवा र धादिङ भई ... The post काठमाडौँ उपत्यकासहित १८ जिल्लामा आकस्मिक बाढीको खतरा appeared first on Kalika Khabar.