नेपाल विकास, समृद्धि र सुशासनको यात्रामा अघि बढिरहेका बेला अर्को एउटा गम्भीर चुनौती मौन रूपमा विस्तार भइरहेको छ। त्यो चुनौती हो— लागुऔषधको बढ्दो प्रयोग, दुर्व्यसन र संगठित अवैध कारोबार। यो समस्या अब केवल कानुनी वा स्वास्थ्यको विषयमात्र रहेन; यसले शिक्षा, परिवार, अर्थतन्त्र, सामाजिक सद्भाव, सार्वजनिक स्वास्थ्य र राष्ट्रिय सुरक्षासम्म प्रभाव पार्न थालेको छ। विशेषगरी मधेस प्रदेश यस समस्याको संवेदनशील केन्द्रका रूपमा देखिन थालेको छ। भारतसँगको खुला सीमा, तीव्र सहरीकरण, बेरोजगारी, सामाजिक परिवर्