धादिङ : धादिङको गजुरी गाउँपालिका–५ राईगाउँका करिब १७० घरधुरीको प्रमुख आम्दानीको स्रोत रहेको घाटबेसीस्थित बगरमा बालुवा संकलन कार्य केही दिनदेखि रोकिएपछि स्थानीय मजदुरको दैनिक जीविकोपार्जन प्रभावित भएको छ । दैनिक ज्याला मजदुरी गरेर परिवारको खर्च चलाउँदै आएका स्थानीयवासी बालुवा संकलन बन्द भएसँगै आर्थिक समस्यामा परेका छन्।समस्यालाई गम्भीर रूपमा लिँदै गजुरी गाउँपालिकाले सम्बन्धित निकायसँग समन्वय र छलफल गरी समाधानको पहल थालेको जनाएको छ ।स्थानीय मजदुर तथा सरोकारवालासँगको छलफलमा गाउँपालिका अध