नवलपरासीमा डुङ्गबाट केरा तस्करी

  • शुक्रबार​ २२ साउन २०८३ ११:०१ AM
परासी : नवलपरासीमा डुङ्गाबाट केरा तस्करी हुने गरेको छ । भारतबाट नारायणी नदी हुँदै मोटर जडित डुङ्गाबाट केरा ल्याएर गण्डक बाँधका विभिन्न स्थानमा ल्याउने गरिएको र त्यहाँबाट ट्याक्टर र पिकअपमा लोड गरेर लैजाने गरेको किसानहरुले बताएका छन् । सीमा नाकामा प्रहरीको निगरानी बढेपछि अहिले तस्करहरुले फरक शैली अपनाएर नारायणी नदीमार्फत डुङ्गा प्रयोग गरेर केरा भित्र्याउन थालेको बताइएको छ । शुक्रबार मात्र किसानहरुले चार लाख बराबरका भारतीय केरासहित ट्याक्टर नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । नवलपरासीको