नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने राष्ट्रहरूमा बेलायतपछि संयुक्त राज्य अमेरिका दोस्रो स्थानमा आउँछ। सन् १९४७ अप्रिल २१ (२००४ वैशाख ८) मा संयुक्त राज्य अमेरिकाका राजदूत जोसेफ सी. स्याटरथ्वेटले राजा त्रिभुवनसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र बुझाउँदै नेपाल स्वतन्त्र र सार्वभौमसत्तासम्पन्न राष्ट्र रहेको कुरामा गर्व व्यक्त गरेका थिए। यसै समयदेखि नेपाल र अमेरिकाबीच दौत्य सम्बन्धको औपचारिक प्रारम्भ भएको हो, जसले हालसम्म सात दशकभन्दा बढीको यात्रा पार गरिसकेको छ।सन् १९५८ फेब्रुअरी ३ मा संयुक्त राज्य अम