वर्षातले विभिन्न स्थानमा पहिरो, सडक अवरुद्ध

  • शुक्रबार​ २२ साउन २०८३ ११:०१ AM
नुवाकोट : अविरल वर्षातका कारण नुवाकोटका विभिन्न स्थानमा पहिरो गएको छ । पहिरोका कारण विभिन्न सडक मार्ग अवरुद्ध समेत भएका छन् । नुवाकोटको उत्तरी भेग हुँदै रसुवाको दक्षिण पूर्वी भेग जाने नुवाकोटको सूर्यगढीको राम्चेभीरमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।  सूर्यगढी गाउँपालिका–२ स्थित राम्चेभीरमा पहिरो जाँदा चोकदे–बोहोरेभञ्ज्याङ हुँदै लच्याङ, उर्लेनी तथा रसुवाको नौकुण्ड गाउँपालिकाका विभिन्न बस्तीमा हुने आवतजावत प्रभावित भएको छ । अविरल वर्षाका कारण सडक माथिबाट खसेको पहिरोले स