तातोपानी भन्सार क्षेत्रमा सुक्खा पहिरो, सशस्त्रको बीओपीमा क्षति

  • शुक्रबार​ २२ साउन २०८३ ०३:४१ AM
काठमाडौं । सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा शुक्रबार सुक्खा पहिरो गएको छ । पहिरोले सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–३ स्थित भन्सार कार्यालयमा रहेको सशस्त्र प्रहरी बलको बीओपीमा क्षति पुर्‍याएको हो । उत्तर पश्रिमतर्फ रहेको अग्लो डाँडाबाट सुख्खा पहिरो झरेर बीओपीमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । भौतिक क्षति भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । The post तातोपानी भन्सार क्षेत्रमा सुक्खा पहिरो, सशस्त्रको बीओपीमा क्षति appeared first on Kalika Khabar.