काठमाडौं । संघीय संसद्अन्तर्गत आज (शुक्रबार) तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानून, न्याय तथा मानव अधिकार समिति र पूर्वाधार विकास समितिको बैठक बस्न लागेको संसद् सचिवालयले जनाएको छ । बिहान १०ः३० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ सम्बन्धमा विषय विज्ञसँग छलफल’ गर्ने कार्यक्रम छ । कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान १० बजे बस्नेछ । समितिको बैठकमा ‘विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानवअधिकारको अवस्थासम्बन्धी अध्ययन उपसमितिको, २०८३’को प्रतिवेदन पेस गरी छलफल गर्ने कार्यसूची छ । यस्तै, पूर्वाधार विकास समितिको ... The post तीन संसदीय समितिको बैठक बस्दै appeared first on Kalika Khabar.