कपिलवस्तु : सशस्त्र प्रहरी बल नेपाल बिओपी जवा भारी कपिलवस्तुले भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरिएका ८० वटा खसीबोका बरामद गरेको छ।सशस्त्र प्रहरी निरीक्षक कृष्णबहादुर बोहराको कमाण्डमा खटिएको टोलीले शुक्रबार विजयनगर गाउँपालिका–१ नयाँ गाउँस्थित दशगजा क्षेत्रबाट उक्त खसीबोका बरामद गरेको हो।सशस्त्र प्रहरीका अनुसार बरामद गरिएका ८० वटा खसीको अनुमानित मूल्य रु. ८ लाख ३२ हजार ५०० रहेको छ। प्रहरी टोली पुग्नासाथ खसी ल्याउने व्यक्तिहरू खसी छाडेर भारततर्फ फरार भएका थिए।बरामद खसी