सकिन लाग्यो ‘एन्टिस्नेक भेनम सेरम’

  • शुक्रबार​ २२ साउन २०८३ १०:०१ AM
काठमाडौं : देशभर सर्पदंशका घटना बढिरहेका बेला यसको उपचारमा प्रयोग हुने ‘एन्टिस्नेक भेनम सेरम’को मौज्दात भने निकै सीमित देखिएको छ। हाल देशभर वार्षिक १३ हजार २ सय भाइल एन्टिभेनम आवश्यक पर्नेमा मागको १० प्रतिशतभन्दा कम अर्थात् १ हजार २ सय ६९ भाइलमात्र मौज्दात छ। औषधिको सीमिततासँगै घरमै गरिने परम्परागत तथा अवैज्ञानिक उपचार पद्धतिका कारण बिरामीको अकालमै ज्यान जाने क्रम बढेको छ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार वैशाख १ देखि साउन २० गतेसम्म देशभर सर्पद