काठमाण्डु– सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ मा रहेको तातोपानी भन्सार कार्यालय क्षेत्रमा पहिरो खसेको छ । पहिरो खस्दा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) मा भौतिक क्षति भएको छ। गएराति बीओपीको उत्तर(पश्चिम तर्फ रहेको करिब २००(३०० मिटर अग्लो डाँडाबाट सुख्खा पहिरो खसेको थियो । उक्त घटनामा कुनै मानवीय क्षति भने नभएको सशस्त्र प्रहरीले जनाएको छ ।