काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले राष्ट्रिय भुक्तानी प्रणालीअन्तर्गत ‘नेपालपे’ कार्ड सेवा सञ्चालनका लागि नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँग सम्झौता गरेको छ । सम्झौतापत्रमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार बैंकले आफ्ना ग्राहकलाई ‘नेपालपे’ कार्ड जारी गर्न सक्नेछ ।