कक्षा १२ को पूरक परीक्षामा ८१.१९ विद्यार्थी पास

  • शुक्रबार​ २२ साउन २०८३ ०९:०० AM
काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले गत साउन २ र ३ गते सञ्चालन गरेको कक्षा १२ को पूरक परीक्षाको नतिजा बिहीबार सार्वजनिक गरेको छ।सार्वजनिक नतिजाअनुसार परीक्षामा सहभागी कुल ७१ हजार ३१० परीक्षार्थीमध्ये ५८ हजार ८ सय ९७ जना (८१.१९ प्रतिशत) ले सबै विषयमा ग्रेड प्राप्त गरी सफलता हासिल गरेका छन्। मर्यादाविपरीत कार्य गरेको भन्दै बोर्डले ३ जना परीक्षार्थीको नतिजा भने रद्द गरेको छ। बोर्डका अनुसार नतिजामा चित्त नबुझेमा प्रतिविषय १ हजार रुपैयाँ दस्तुर तिरेर साउन २४ गतेदेखि ३० गतेसम्म अनलाइनमार्फत