काठमाडौं : आन्तरिक राजस्व विभागले सञ्चालन गर्न लागेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत शुक्रबार भाग्यशाली करदाताहरूले कुल २५ लाख रुपैयाँ बराबरको नगद उपहार पाउने भएका छन्। विभागले पहिलो चरणको उपहार घोषणाका लागि सम्पूर्ण प्राविधिक तयारी पूरा गरेको जनाएको छ। बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष विभागका प्राविधिकहरूले नमुना उपहार छनोट विधि र प्रणालीको सफल परीक्षण प्रस्तुत गरे।साउन १ गतेदेखि १५ गतेसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता र नगदमा कारोबा