बाढीपहिरोका कारण दर्जन बढी सडक पूर्णरुपमा बन्द

  • शुक्रबार​ २२ साउन २०८३ ०२:४२ AM
काठमाण्डु– वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार दर्जन बढी सडक पहिरो, सडक कटान र सम्भावित बाढीका कारण प्रभावित भएका हुन् । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ राजदुवालीमा वर्षाका कारण सडक हिलाम्मे भएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त क्षेत्रमा वैकल्पिक मार्ग भने सञ्चालनमा