काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकतासम्बन्धी दुई नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गर्दै अमेरिकी अध्यागमन नीतिलाई थप कडा बनाउने कदम चालेका छन् । उनले अमेरिकी सर्वोच्च अदालतको अघिल्लो निर्णयप्रति असन्तुष्टि जनाउँदै जन्मसिद्ध नागरिकताको व्यवस्थाको दुरुपयोग भइरहेको दाबी गरेका छन् । दुई महिनाअघि अमेरिकी सर्वोच्च अदालतले ६–३ को बहुमतबाट अमेरिकी भूमिमा जन्मिएका व्यक्तिलाई स्वतः नागरिकता