काठमाडौं : नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप १०.३ प्रतिशतले बढेको छ। वार्षिक आधारमा यो १५ प्रतिशतको वृद्धि हो। तर, सोही अवधिमा निजी क्षेत्रतर्फको कर्जा प्रवाह ६.२ प्रतिशतमा मात्र सीमित भएको देखिन्छ। निक्षेप वृद्धिको तुलनामा कर्जा विस्तार निकै सुस्त भएपछि बैंकिङ क्षेत्रमा पर्याप्त लगानीयोग्य तरलता भए पनि उत्पादनशील तथा व्यावसायिक क्षेत्रमा त्यसको उपयोग हुन सकेको छैन।राष्ट्र बैंकको तथ्यांकले बैंकिङ प्रणालीमा निक्षेप लगातार थपिँदै गएको देखाउँछ। तर, उद्योग,