मेटालाई ठुलो झट्का : बाल सुरक्षा मुद्दामा ८६ अर्ब जरिवाना तिर्न अदालतकाे आदेश

  • शुक्रबार​ २२ साउन २०८३ ०१:५३ AM
काठमाण्डु– सामाजिक सञ्जाल कम्पनी मेटालाई आफ्ना प्लेटफर्महरूले बालबालिकामा पार्ने जोखिमबारे पर्याप्त चेतावनी नदिएको ठहर गर्दै थप ५६७ मिलियन अमेरिकी डलर (८६ अर्ब नेपाली रुपैयाँ) क्षतिपूर्ति तिर्न आदेश दिइएको छ। अमेरिकाको न्यू मेक्सिको राज्यका एक न्यायाधीशले बिहीबार यस्तो फैसला गरेका हुन् । बालबालिकाको सुरक्षासम्बन्धी मुद्दामा मेटाविरुद्ध आएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो फैसला मानिएको बीबीसीले लेखेको छ।