काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सिंहदरबारस्थित संसद् भवनमा बस्ने भएको छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित पाँचवटा महत्त्वपूर्ण विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय गरिएको छ । संसद् सचिवालयका अनुसार राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने विधेयकसम्बन्धी समितिको प्रतिवेदन,