खाना पकाउने ग्यासको बढी मूल्य लिने एभरेष्ट मार्ट स्टोरलाई दुई लाख जरिवाना

  • शुक्रबार​ २२ साउन २०८३ ०१:१५ AM
स्थलगत अनुगमनका क्रममा कैफियत भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं महानगरपालिका–१७, ठहिटीस्थित एभरेष्ट मार्ट स्टोर प्रालिलाई दुई लाख जरिवाना गरेको छ। विभागका अनुसार अनुगमनका क्रममा उक्त स्टोरले तोकिएकोभन्दा बढी मूल्यमा वस्तु बिक्री गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारबाही गरिएको हो। त्यसैगरी, गृष्मा इन्टरप्राइजेजलाई व्यवसायसँग सम्बन्धित आवश्यक कागजातसहित विभागमा उपस्थित हुन निर्देशन