लोकतान्त्रिक मुलुकमा सरकारले कुनै पनि नागरिकलाई बिनाकारण पक्रन पाउँदैन। राज्यसँग बल र हतियार छ भन्दैमा प्रहरीले अनाहकमा जो–कसैलाई थुन्न मिल्दैन। पक्रनै पर्ने अवस्थामा मनासिब कारण पेस गरी अदालतको अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ। तर, त्यसका लागि पनि ठोस र मनासिब आधार चाहिन्छ। आरोपित व्यक्ति फरार हुने वा अपराधको प्रमाण नष्ट गर्ने सम्भावना यकिन भएमा मात्र प्रहरीले तत्काल जरुरी पक्राउ पुर्जी थमाएर समात्न सक्छ।तर, वालेन्द्र शाह प्रधानमन्त्री भएयता राज्यका उच्चपदस्थ, प्रतिष्ठित व्यक्ति तथा उद्