वासिङ्टन डीसी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा दिइँदै आएको जन्मसिद्ध नागरिकताको प्रावधानलाई कडाइ गर्ने उद्देश्यले पुनः दुईवटा नयाँ कार्यकारी आदेश जारी गरेका छन्। सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकता खारेज गर्ने उनको अघिल्लो प्रयासलाई अस्वीकार गरेको केही हप्तापछि नै ट्रम्प प्रशासनले यो नयाँ कानूनी रणनीति अपनाएको हो।ह्वाइट हाउसस्थित राष्ट्रपति कार्यालयबाट जारी गरिएका दुई आदेशमध्ये पहिलो आदेशले गैर-अमेरिकी नागरिकका सन्तान (जसले स्वतः नागरिकता पाउँदैनन्) को दायरा र परिभाषालाई फराकिलो ब