महिलालाई छुट्टै बस किन ? सरकारको ‘ब्लु बस’ योजनामाथि संसदमा सांसदका तीखा प्रश्न

  • बिहीबार २१ साउन २०८३ ०८:५५ PM
काठमाडौँ । महिलामाथि सार्वजनिक यातायातमा हुने यौनजन्य दुर्व्यवहार, भिडभाड, असुरक्षा र दैनिक यात्राका कठिनाइ नयाँ विषय होइनन् । बसभित्र हुने दुर्व्यवहार, अपमानजनक व्यवहार र असुरक्षित यात्राले धेरै महिलालाई सार्वजनिक यातायात प्रयोग गर्नै डर लाग्ने अवस्था सिर्जना गरेको छ । यही पृष्ठभूमिमा सरकारले महिलाका लागि निःशुल्क 'ब्लु बस सेवा' सञ्चालन गर्ने घोषणा गरेपछि यो केवल यातायात व्यवस्थापनको विषयमा सीमित रहेन । यसले लैङ्गिक समानता, सकारात्मक विभेद, महिला सुरक्षा र राज्यको दीर्घकालीन नीतिबारे नयाँ बहस जन्माएको छ । यही विषय राष्ट्रिय सभाको बिहीबारको बैठकमा मन्त्रीसँगको प्रश्नोत्तरमा प्रवेश गर्‍यो । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की प्रमुख सचेतक समेत रहेकी सांसद मदनकुमारी शाह 'गरिमा'ले सरकारको 'ब्लु बस' योजनामाथि गम्भीर प्रश्न उठाइन् । जवाफमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता वादीले सरकारको उद्देश्य महिला र पुरुषलाई छुट्टाउनु नभई महिलाले अहिले भोगिरहेका जोखिमलाई तत्काल सम्बोधन गर्नु रहेको स्पष्ट पारिन् । सांसदको प्रश्न:  ‘सुरक्षा कि विभाजन