काठमाडौँ । सात वर्षअघि कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या हुँदा देशभर आक्रोश फैलिएको थियो । दोषीलाई कारबाही गर्नुपर्ने मागमा आन्दोलन भए, छानबिन समिति बने, प्रहरी अनुसन्धानमाथि प्रश्न उठे, सरकार फेरिए, गृहमन्त्री फेरिए, तर एउटा प्रश्न अझै उस्तै छ, निर्मलाले न्याय कहिले पाउँछिन्