कर्णालीमा चुलियो ग्यास अभाव

  • बिहीबार २१ साउन २०८३ ०९:०१ PM
वीरेन्द्रनगर : कर्णाली प्रदेशमा खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदै गएको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतका साथै अन्य जिल्लाहरूमा खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदै गएको हो। हरेक जिल्लामा सर्वसाधारण नागरिकहरुदेखि व्यवसायीहरू मारमा परेका छन्।सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, मुगु, हुम्ला, डोल्पा, जाजरकोट, सल्यान र रुकुम पश्चिमका बजारमा ग्यास सहज रूपमा उपलब्ध हुन छाडेको व्यवसायीहरू बताउँछन्। कतिपय डिलरले खाली सिलिन्डर सङ्कलन गरे पनि नयाँ ग्यास दिन नसकेको अवस्था छ भने उपभोक्ता दिनहुँ डिलर कह