काठमाण्डु – नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको माग बमोजिम सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । बैंकको तर्फबाट दायर रिटमाथि सुनुवाइ गर्दै बिहीबार सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले बैंकका अध्यक्षसहित अन्य सञ्चालकलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । स्मार्ट टेलिकमको सम्पत्ति सरकारी अनुमति विना बैंकले लिलाम बिक्री गरेको आरोपमा अनुसन्धानका लागि