काठमाडौं । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागुऔषध गाँजा करिब ६४७ किलोसहित दुई जनालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका-३ बस्ने २७ वर्षीय उमेश थिङ तामाङ र धनकुटा शहिदभूमि गाउँपालिका-१ बस्ने ३६ वर्षीय तुलाराम राई रहेका छन् । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले विराटनगरतर्फ जाँदै गरेको ना