नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष र सञ्चालकलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

  • बिहीबार २१ साउन २०८३ ०८:०१ PM
काठमाडौं : सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका अध्यक्ष पृथ्वीबहादुर पाँडेसहित सञ्चालक समितिका सदस्यहरूलाई तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले बैंकको नेतृत्वलाई अनुसन्धानका सिलसिलामा पक्राउ नगर्न आदेश दिएको हो।बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले सञ्चालक समितिका तर्फबाट दायर गरेको रिट निवेदनमा प्रारम्भिक सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो। स्मार्ट टेलिकम प्रालिको धितो लिलाम प्रक्रियासँग सम्