देशभरका ८ हजार ८३० कर्मचारीलाई कारबाही गर्न सतर्कता केन्द्रको सिफारिस

  • बिहीबार २१ साउन २०८३ ०२:०५ PM
काठमाण्डु – प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले सुशासन प्रवर्द्धन र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन देशभरका सरकारी कार्यालयहरूको अनुगमनलाई तीव्रता दिएको जनाएको छ । केन्द्रका अनुसार प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकार गठन भएयता देशभरका ८५३ सरकारी कार्यालयको अनुगमन गरिएको छ । अनुगमनका क्रममा सरकारी आचारसंहिता पालना नगरेका ८ हजार ८३० कर्मचारीलाई