काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले पुनःनिर्माण सम्पन्न गरेको, महाङ्काल मन्दिर परिसरमा रहेको चौघेरा सत्तलको आज कार्यवाहक प्रमुख सुनिता डंगोलले समुदघाटन गर्नुभएको छ । २०७२ सालको भूकम्पको कम्पनले जीर्ण बनेको सत्तल पुननिर्माणका लागि २०८१ मंसिर २४ गते शिलान्यास भएको थियो । ८ करोड ९४ लाख ४६ हजार १७० रुपियाँ खर्चमा पुनःनिर्माण सम्पन्न भएको हो । सत्तल समुद्घाटन अवसरमा बोल्दै कार्यवाहक डंगोलले, पुननिर्मित संरचनालाई आफूले बनाएको घर जत्तिकै जतनका साथ संरक्षण गर्नुपर्ने बताउनुभयो । ‘हामी चाहन्छौँ, यस सम्पदामा सरोकारवाला कार्यालय, गुठी, स्थानीय समुदाय र श्रद्धालुहरु सबैको समान अपनत्व हुन सकोस् ।’ गुठी संस्थानका अधिकारीले नवनिर्मित संरचना आफूलाई छिट्टै हस्तान्तरण हुने अपेक्षा सहितको भनाइ राखेपछि कार्यवाहक प्रमुख डंगोलले भन्नुभयो, ‘हामी सबैको भूमिकालाई सम्मान गर्न चाहन्छौँ । संस्थानका अधिकारीले भनेजस्तै हामी संरचना हस्तान्तरण गर्न तयार छौँ । तर, यसको उपयोग कसरी हुन्छ भन्ने योजनामा स्पष्ट हुन चाहन्छौँ । करदाताको लगानीमा बनेको यस्ता स्मारक क्षेत्रमा व्यावसायिक क्रियाकलाप गर्ने विषयमा हामी सहमत हुन सक्दैनौँ । यस्ता क्षेत्रमा धार्मिक, सांस्कृतिक तथा सामाजिक क्रियाकलाप सञ्चालन गर्नुपर्छ ।’ स्थानीयको साथ र सहयोगमा कठिन काम पनि सम्पन्न हुन्छन् भन्ने प्रसङ्ग उठाउँदै उहाँले, ठाउँको विषयमा पुरानो ज्ञान हुने स्थानीयको सहयोगमा लामो समयदेखि बन्द भएको पानीको निकास खोल्न सकेको बताउनुभयो । अब सबैको समन्वयमा श्रद्धालुहरुका लागि शौचालय निर्माण हुनेमा आशावादी रहेको उहाँको भनाइ थियो । ‘काठमाडौँ महानगरपालिका भत्किएका सम्पदा हेरेर बस्न सक्दैन । यसकारण अरु निकायको दायित्वमा भएका सम्पदा पुनःनिर्माण, संरक्षण र व्यवस्थापनमा हामीले खर्च गरिरहेको छौँ ।’ सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले भन्नुभयो, ‘सम्पदा क्षेत्रको भावना मर्न नदिन हामी सचेत छौँ । सम्पदा क्षेत्रको माया हामीलाई पनि उत्ति नै छ, जत्ति अरुलाई छ ।’ उहाँले सम्पदा संरक्षणको दायित्व लिएका निकाय बिचको असमन्वयबाट कहिलेकाही काम गर्न कठिन परेको प्रसङ्ग उठाउँदै भन्नुभयो, ‘पूर्खाको नासो पुस्तालाई हस्तान्तरण गर्ने काममा हामी संवेदनशील छौँ । तर, सामान, सिप र ज्ञान भएन भनेर कुनै सम्पदा त्यत्तिकै भत्किएर रहेको चाहिँ हेर्न सक्दैनौँ ।’ कार्यक्रममा वडा नं