नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले राष्ट्रिय सेवा दल विधेयक, २०८३ जस्तो संवेदनशील विषयमा सत्ता–प्रतिपक्षभन्दा माथि उठेर राष्ट्रिय हित र राष्ट्रियतालाई केन्द्रमा राखेर छलफल गर्न सांसदहरूलाई आग्रह गरेका छन्। बिहीबार बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले कार्यकारी निकाय र संवैधानिक निकायहरूबीच बढ्दो संवादहीनता अत्यन्तै गम्भीर र संवेदनशील विषय भएको