पाकिस्तानको ब्रड पिकमा ज्यान गुमाएका पर्वतारोही गुरुङको शव काठमाडौं ल्याइयो

  • बिहीबार २१ साउन २०८३ ०७:०१ PM
काठमाडौं : पाकिस्तानको ब्रड पिक हिमालमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली पर्वतारोही पुरबहादुर गुरुङ (युक्त)को शव बिहीबार काठमाडौं ल्याइएको छ।पाकिस्तानको ब्रड पिकमा हालै गएको हिमपहिरोमा परी उनको निधन भएको थियो। ब्रड पिक दुर्घटनापछि सबैभन्दा पहिले फेला परेको शव पनि गुरुङकै थियो। त्यसपछि उद्धार टोलीले उनको शव हिमालबाट निकालेर काठमाडौं ल्याउने प्रक्रिया अघि बढाएको थियो। उनी नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशका उपाध्यक्ष तथा मनाङ विद्यालय विकास समितिका सदस्य थिए। ब्रड पिकमा गएको हिमपहिरो