काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धान अझै जारी रहेको बताएका छन्। उनले संवेदनशील विषयलाई बारम्बार उठाएर पीडित परिवारको घाउ कोट्याउने काम नगर्न पनि आग्रह गरेका छन्। बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा सांसद विष्णुबहादुर विश्वकर्माले निर्मला पन्त हत्याकाण्डमा सरकारले न्याय दिन नसकेको विषय उठाएपछि जवाफ दिँदै गृहमन्त्री गुरुङले देशमा हुने हत्या, हिंसा, बलात्कारलगायतका सबै अपराधको अनुसन्धान चरणबद्ध रूपमा भइरहेको बताए। उनले भने, ‘सरकार शान्ति सुरक्षा कायम गर्न निरन्तर लागिरहेको छ। माननीयज्यूहरूले उठाउनुभएको विषय अत्यन्त संवेदनशील छ। म पनि प्रश्न गर्न चाहन्छु, तपाईंहरू सत्तामा हुँदा किन गर्नुभएन