सैन्य संख्या बढाउने तर शिक्षा र रोजगारीमा ध्यान नदिने सरकारको नीति गलतः अमरेशकुमार सिंह

  • बिहीबार २१ साउन २०८३ १२:०३ PM
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेशकुमार सिंहले राज्यले सुरक्षा निकायको संख्या वृद्धिलाई प्राथमिकता दिएपनि शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा ध्यान नदिएको भन्दै आलोचना गरेका छन् । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बिहीवार ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ उपरको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले यस्तो धारणा राखेका हुन् ।