काठमाडौं : अर्थ समितिले जलविद्युत आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय नागरिकहरूलाई १० प्रतिशत सेयर अंकित मूल्यमा नै उपलब्ध गराउन निर्देशन दिने निर्णय गरेको छ। आज बसेको समितिको बैठकले जलविद्युत आयोजना प्रभावित क्षेत्रका नागरिकहरूले उक्त व्यवस्था बमोजिमको शेयर प्राप्त गर्न नसकेको गुनासो आएको भन्दै उक्त निर्णय गरेको हो। समितिले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ९ को उपनियम ४ बमोजिम १० प्रतिशत सेयर अंकित मूल्य अर्थात प्रति कित्ता १०० रुपैयाँमा नै स्थानीय बासिन्दालाई उपलब