राष्ट्रिय सेवा दलको नयाँ मोडालिटी तयार गर्न कानुन निर्माण हुँदैछ : सोविता गौतम

  • बिहीबार २१ साउन २०८३ ०६:०१ PM
काठमाडौं : कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले वर्तमान संविधान अनुरूप राष्ट्रिय सेवा दल नयाँ मोडालिटी र व्यवस्थापन संरचना तयार गर्न कानून निर्माण गर्न खोजेको बताएकी छन् ।बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा राष्ट्रिय सेवा दल विधेयक, २०८३ उपर सैद्धान्तिक छलफलका क्रममा मन्त्री गौतमले २०२७ सालको पुरानो एक पन्नाको विधेयकलाई विस्थापित गरी नेपालको वर्तमान संविधान अनुरूप नयाँ मोडालिटी र व्यवस्थापन संरचना तयार गर्न कानून बनाउन खोजेको बता